पाठ्यपुस्तक छपाइमा सरकारको हेलचेक्रयाई, विद्यार्थीको भविष्य अन्योलमा

यो बर्ष पनि पाठ्यपुस्तक छपाइमा ढिलाई भएको छ । सरकारले पाठ्यपुस्तक छपाइमा ढिलासुस्ती र हेलचेक्रयाइँ गर्दा देशभरका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ ।

जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलता छाएको छ ।

सरकारको ध्यान पालिका चुनावको तयारीमा मात्र केन्द्रित रहँदा र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्दा जेठ पहिलो हप्तासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको शिक्षकहरू बताउँछन् । अबका तीन महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उनीहरूको बुझाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार