ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अन्तर बनाएका छन्। २५ हजार २६२ मत गणना गर्दा उनले १३ हजार ६४६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७ हजार ५१ मत प्राप्त गरेका छन्।
त्यस्तै उपमेयरतर्फ एमालेकी मञ्जली शाक्यले ७ हजार २७८ मत ल्याएकी छन् भने नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले ३ हजार ७६८ मत प्राप्त गरेका छन्। ललितपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ।
तर उपमेयरमा भने माओवादी केन्द्रका बज्राचार्यालाई निकै कम मत खसेको छ। उपमेयरमा बज्राचार्य उम्मेदवार भएपनि उम्मेदवार नै नभएको नेपाली कांग्रेसको चुनाव चिन्हमा मत खसेको छ।