पोखराको मतगणनास्थलमा विवाद, एमालेको नाराबाजी

पोखराको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार