लगानी बोर्ड र नबिलबीच सहकार्य गर्ने सम्झौता, बैंकले लगानी प्रवर्द्धनका लागि काम गर्ने

 

लगानी बोर्ड नेपाल  र नबिल बैङ्क लिमिटेडबिच सहकार्य गर्ने सम्झौता भएको छ ।   बुधबारलगानी बोर्डको कार्यालयमा  आयोजित कार्यक्रममा  बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिल बैङ्कले लगानी बोर्डसँग सहकार्यमा लगानी प्रवर्द्र्धका लागि काम गर्नेछ ।
लगानी बोर्डले लिने रणनीतिहरू योजनाहरूमा बैक तथा वित्तीय संस्थाले गर्नुपर्ने सहयोग नबिलले गर्ने र त्यसको नेतृत्व समेत गर्ने गरि सम्झौता भएको हो  ।  बुधवार भएको एमओयु सम्झौतामा नबिलले बोर्डसँग संयुक्त रूपमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) ल्याउनका लागि सहकार्य गर्ने उल्लेख छ।
कुनै विदेशी लगानीकर्ता आए गाइड बैकले गरिदिनेछ भने लगानी सम्मेलन हुँदा वा सहयोग मागे डेस्क नै राखेर भएपनि सहयोग गर्ने उल्लेख छ। नबिल बैकसँग काम गरिरहेका अन्तर्राष्ट्रिय निकायहरूसँग समे  सम्झौतापछि लगानी बोर्डका सिइओ भट्टले विदेशी लगानी भित्र्याउनका लागि बैङ्कको भूमिका महत्त्वपूर्ण हुने र नबिलसँग सहकार्यले लगानी भित्राउन सहज हुने बताएका छन्   ।
यस्तै नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले लगानी बोर्डले स्वीकृत गरेको अरुण तेस्रोको वित्तीय व्यवस्थापनमा नबिलले काम गरेको र लगानी भित्राउनका लागि सहयोगी हुने गरेर काम गर्ने बताए । उनले लगानी बोर्डसँग सहकार्य गर्ने सम्झौता भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।
नबिल बैङ्कका डेपुटी जिएम आदर्श बजगाईँले विदेशी लगानीका लागि बैङ्कको काम महत्त्वपूर्ण भएको र बैङ्कले बोर्डमा डेस्क राख्ने तथा विदेशमा लगानीकर्ता खोज्नको लागि समेत बोर्डसँग मिलेर काम गर्ने बताएका छन् । उनले विदेशी लगानीकर्तालाई आवश्यक पर्ने कानुनीदेखि प्रक्रियागत विषयमा सहजीकरणको काम गर्ने बताएका हुन् ।  योसँगै स्वदेशी तथा विदेशी कम्पनीहरूबिच प्रत्यक्ष वैदेशिक लगानीलगायत निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् ।
त्यस्तै लगानी बोर्ड स्थापना भएको १० वर्षपछि लगानी भित्र्याउनका लागि पहिलो पटक बैङ्कलाई साझेदार बनाएर काम गर्न लागेको हो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार