झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

प्यूठानको झिमरुक गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। माओवादी केन्द्र र नेकपा एमाले गठबन्धनबाट एमसी विजयी भएका हुन्।

माओवादीबाट अध्यक्षमा उठेका पितबहादुर एमसीले ५९९९ मत ल्याएर विजयी भएका छन्। एमसीका टिकतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार दिएका टिकाबहादुुर जिसीले ५६९६ मत ल्याएर पराजित भएका छन्। माओवादीका एमसी र जनमोर्चाका जिसीबीच जम्मा ३०३ मत अन्तर भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार