घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । मंगलबार तोलामा एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर एक हजार २५० मूल्य कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार