विराटनगर महानगरपालिकामा १३ मा राप्रपा विजयी

विराटनगर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पहिलोपटक खाता खोलेको छ । वडा नं. १३ को वडाध्यक्षमा सूर्यलाल यादव ५९ मतले विजयी भएसँगै राप्रपाले महानगरमा पहिलो जितको खाता खोलेको हो ।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार यादवले ६ सय २८ मत पाएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अमोदकुमार झाले पाँच सय ६९ मत प्राप्त गरे । प्रतिस्पर्धीहरू किशोरकुमार पोखरेलले पाँच सय ५८ र जसपाका झरिलाल महतोले तीन सय ८८ पाए ।

०७४ को निर्वाचनमा विराटनगरको १३ नम्बर वडामा तत्काल संघीय समाजवादी फोरमले जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार