जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याए । त्यस्तै नेपकपा एमालेका धेवेन्द्र रोकायाले १५ सय ७० मत ल्याए । जुम्लामा जम्मा ११ हजार ९८ मत खसेको थियो । जसमा ५ मत बदर भएको थियो । कठायत २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा पराजित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार