राजदेवी नगरपालिकामा एकीकृत समाजवादी विजयी

रौतहट । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव विजयी भएका हुन् । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् ।

मेयर पदमा निर्वाचित भएका यादवले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार