फेसबुकले फुकुवा गर्दैछ राजनीतिक विज्ञापनमाथिको बन्देज

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावदेखि राजनीतिक विज्ञापन प्रकाशनमा लगाउँदै आएको प्रतिबन्धलाई फेसबुकले फुकुवा गर्ने भएको छ । आगामी बिहिबारदेखि आफ्नो प्लाटफर्ममा राजनीतिक विज्ञापनलाई खुल्ला गर्ने निर्णय फेसबुकले गरेको हो ।

यो निर्णयसँगै अब फेसबुकमा राजनीतिक अभियानकर्मी तथा राजनीतिक विषयका विज्ञापनकर्ताका लागि विज्ञापन प्रकाशन गर्ने मार्ग प्रसस्त हुनेछ ।

राजनीतिक विज्ञापनका सन्दर्भमा प्राप्त भएका प्रसस्तै पृष्ठपोषणका आधारमा यस्तो निर्णय गरिएको फेसबुकको भनाई छ । राजनीतिक विज्ञापनका सन्दर्भमा कम्पनीको विद्यमान नीतिमा पनि पुनरावलोकन हुनसक्ने फेसबुकको भनाई छ ।

बुधबार एक ब्लग पोष्टमा फेसबुकले भनेको छ ः यस विषयमा हामीले प्रसस्तै प्रतिक्रियाहरु सुनेका छौँ र यस चुनावी चक्रका क्रममा राजनीतिक तथा चुनावी विज्ञापनका सन्दर्भमा धेरै कुरा बुझेका छौँ । फलतः हामीले यस्ता विज्ञापनको असर कस्तो हुन्छ भन्ने बारेमा आगामी महिनाहरुमा हेर्नेछौँ र यसले भविष्यमा उक्त विषयमा थप परिवर्तनको खाँचो पनि पर्न सक्नेछ ।

स्मरण रहोस् गुगलले गत हप्ता नै राजनीतिक विज्ञापन माथिको बन्देज हटाइसकेको छ ।

अमेरिकामा दक्षिणपन्थी उग्रवादीहरुले बिहिबार अमेरिकी संसदलाई लक्षित गर्दै हिंसात्मक गतिविधिको तयारी गरिरहेको भन्ने चर्चाका बीच फेसबुकले राजनीतिक विज्ञापनलाई फुकुवा गर्ने विषयलाई निकै गम्भीर रुपमा हेरिएको छ ।

गत जनवरी ६ मा अमेरिकी संसदमा भएको हिंसामा सामाजिक संजालले समेत नकारात्मक भूमिका खेलेको बताइन्छ । सिएनएनबाट

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार