बागलुङ नगरपालिकाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारको विजयी

बागलुङ नगरपालिकाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारको विजयी भएका छन् ।

मेयरमा प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार जनकराज पौडेललाई ५ हजार ५२१ मतको फराकिलो अन्तरले पराजित गर्दै नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले १२ हजार ८०५ मत प्राप्त गर्दा पौडेलले ६ हजार २८४ मत प्राप्त गरे । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पौडेलले श्रेष्ठलाई २ हजार २९५ मत अन्तरले पराजित गरेका थिए ।

यस्तै नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १० हजार ९९८ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ६ हजार ६४५ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा बागलुङ नगरपालिकाका १४ मध्ये ११ वडामा जित निकालेको एमाले यसपटक ३ वटा वडामा सीमित भएको छ । यसपटक ७ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एकीकृत समावजादी, एउटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार