मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेको उम्मेदवारलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो । थाहाको मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् ।

विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी ढकाल ७ हजार ७७१ मतमै रोकिए ।

त्यस्तै, उप(प्रमुख पदमा निर्वाचित गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५२२ मत ल्याइन् । सो नगरमा कुल २३ हजार ५६ मत खसेको थियो ।

१२ वडा रहेको यस नगरपालिकामा सबैभन्दा बढी माओवादी केन्द्र १, २, ३, ४, ९ र ११ नम्बर वडामा विजयी भएको छ भने कांग्रेस ६, ७ र १२ नम्बर वडामा विजयी भएको छ । त्यस्तै, एमालेका उम्मेदवारहरू ५, ८ र १० नम्बर वडामा विजयी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार