नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी विजयी भएका छन् ।
उनले १६ हजार ४५५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले १३ हजार ६०६ मत प्राप्त गरे ।
उपमेयरमा पनि कांग्रेस उम्मेदवार शान्ति कोइराला निर्वाचित भइन् । उनले १६ हजार ११४ मत प्राप्त गरिन् । उनका निकटम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार तुलाराम पौडेलले ८ हजार ६४० मत प्राप्त गरे ।