काठमाडौंमा राप्रपाको उदय, शंखरापुरकाे मेयरमा नापित विजयी

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले जित हात पारेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गर्दै राप्रपाका रमेश नापित राप्रपाबाट पहिलो निर्वाचित मेयर बनेका छन् । नापितले ४ हजार ७०० र श्रेष्ठले ४ हजार २०२ मत प्राप्त गरेका छन् ।

०६२र६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

त्यसैगरी उपमेयरमा गठबन्धन एवं कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठ निर्वाचत भएकी छन् । शंखरापुरमा कांग्रेस र समाजवादीले गठबन्धन गरेका हुन । उपमेयर श्रेष्ठले ३ हजार १६४ मतको अन्तरले राप्रपाकी विजयकुमारी वाइबालाई पराजित गरेका हुन् । श्रेष्ठले ६ हजार ३६२ र वाइबाले ३ हजार २९८ मत प्राप्त गरेका छन् ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।

यसअघि २०७४ को निर्वाचनमा शंखरापुरमा एमालेले जित हासिल गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार