भरतपुर महानगरपालिकामा रेनुले फेरी बढाइन् मतान्तर

भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । उनले नेकपा एमालेका विजय सुवेदीलाई ३७३ मतले पछि पारेकी छन्।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार ४७१ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार ९८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मदवार जगन्‍नाथ पौडेलले ३ हजार ६०३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३२ मत प्राप्त गरेका छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ५८६९ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार