काँग्रेस नेता प्रकाशमानको वडामा पनि बालेन अगाडी

काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मतगणना जारी छ । यहाँ पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ ।

प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दोस्रोमा छिन् । उनले बालेनलाइ पछ्याउँदै ६२ मत पाएकी छन् । एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।

उपमेयरको प्रतिस्पर्धामा पनि एमालेकी सुनिता डंगोल नै अगाडि छन् । उनले ५१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ३२ भोट आएको छ ।अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार