सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशत भाडा बढाएको हो । त्यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो ।
नेपाल आयल निगमले चुनावको भोलिपल्टै अर्थात वैशाख ३१ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । विभागले केही समयअघि इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।
समायोजन भएको भाडा राष्ट्रियस्तरका रुटमा जेठ ४ अर्थात भोलिदेखि नै लागू हुनेछ ।