हेटौडा उपमहानगरको मतपत्रमा नो भोट लेखेको भेटिएपछि…

मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मतपत्रमा नो भोट लेखेको पाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा मतपत्रमा नो भोट लेखेको पाएका हो ।हेटौडा उपमहानगरपालिका वडा नम्बर– ४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेका हुन् ।

यस्तै हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार