ईन्द्रावती गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल निर्वाचित भएका छन् । नेपालले ७ हजार १२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास लामाले ६ हजार १५२ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै शेभना तामाङ निर्वाचित भएकी छन् । उनले ६ हजार ५१३ मत ल्याएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार