प्रधानमन्त्रीज्यू ब्यूँझिनुस्, स्थिति धेरै भयावह भइरहेको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले संसदको अवरोध खोलेको घोषणा गरेको छ । आज सुरु भएको संसद बैठकमा एमालेले अवरोध नगरेपछि संसद सुचारु भएको हो ।

बैठक सुरु भएलगत्तै बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देश नयाँ कोर्समा गएको बताए । उनले अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद अवरोध खोल्ने निर्णय भएको बताए । ज्ञवालीले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको भन्दै विरोधको स्वरुप बदल्ने जानकारी दिए ।

देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद खोल्नु जरुरी भएको उनको भनाइ छ । ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यू निद्राबाट ब्यूँझिनुस् । देशको स्थिति धेरै भयावह भइरहेको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार