देशभरका ८ वटा जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्‍न भएका छन् । जसमध्ये प्रदेश १ का २, वाग्मतीको १ , गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १–१ जिल्लामा मतगणना सम्पन्‍न भएको हो । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन ।

सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जित्यो ।मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न भएको छैन । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आइसकेको छैन ।

प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् । यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३–३ वटा जिल्लामा जित हासिल गरेका छन् ।

गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्‍न भएको छ । म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् ।

मुस्ताङका ५ वटा पालिकामध्ये एमालेले ४ वटा र कांग्रेस एउटा पालिकामा विजयी भएको छ । मनाङमा २–२ वटा पालिका कांग्रेस एमालेले जितेका छन् ।

वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्‍न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जितेको छ । लुम्बिनी प्रदेशको पूर्वी रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका विजयी भयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार