चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम नै राखेकी छिन् । दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारेकी छन्।
अहिलेसम्म १९५८३ मत गनिसक्दा रेनुले ६६०२ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६३९१ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत पाएका छन्।
त्यस्तै उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ८०२६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५२५३ मत ल्याएर पछ्याइरहेकी छन्।