संसद बैठक अवरोधको नीतिबारे छलफल गर्दै एमाले नेताहरु

आजदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा एमालेले छलफल थालेको छ । दिउँसो ४ बजे सुरु हुने बजेट अधिवेशन पहिले झै अवरोध गर्ने वा अन्य विकल्पमा जाने भन्नेबारेमा निर्णय गरिसकेको छैन ।

एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको थियो । साथै यसबारेमा एमालेले सर्वोच्चमा दायर गरेको मुद्धा पनि विचाराधीन अवस्थामा रहेको छ । प्रतिनिधि सभाको नवौं अधिवेशन, दशौँ अधिवेशनका सम्पूर्ण बैठकहरू एमालेले अवरोध गरेको थियो । एमालेले संसद खुलाउने हो भने सभामुखले राजीनामा दिनुपर्ने माग अघि सार्दै आएको थियो ।

आज दिउँसो साढे २ बजेदेखि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने एमाले सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

गत चैत १ गतेदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको थियो भने आजदेखि बजेट अधिवेशन सुरु हुन लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार