काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका शाहले ११ हजार ३४३ मत ल्याएर आफ्नो फराकिलो अग्रतालाई कायम राखेका हुन् ।
त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले ६ हजार २५८ र नेपाली कांग्रेसका सिर्जना सिंहले ५हजार ४०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।