भारतले विश्वव्यापी रुपमा गहुँ निर्यातमा रोक लगाएपछि विश्वभर अभाव

भारतले विश्वव्यापी रुपमा गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यो निर्णयसँगै अब भारतबाट हुने निर्यात हुनसकेको छैन ।

रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो ।

भारतको यो निर्णयले थुप्रै देशलाई असर गरेको। भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो ।

भारतले रोक लगाएपछि गहुँको अभाव भएको छ । यूरोपमा बेकरी तथा बियरको मूल्यमा मात्रै झण्डै ४८ प्रतिशतको बृद्धि देखिएको छ । भारतको पछिल्लो निर्णयले त्यसमा झनै प्रभाव पर्ने देखिएको छ । भारतको गहुँ निकासीमा प्रतिबन्धको प्रभावका कारण विदेशी बजारमा गहुँको मूल्यमा रेकर्ड कायम भएको छ । जानकारहरुका अनुसार प्रतिटन ४३५ युरो बराबर मूल्य पुगेको छ ।

भारतको पछिल्लो निर्णयलाई शक्तिसम्पन्न देशको संगठन जी ७ ले आलोचना गरेको छ । रुस–युक्रेन युद्धको बीचमा भारतको गहुँ निर्यातमा प्रतिबन्धले विश्वभर हलचल मच्चाइदिएको छ । भारत सरकारको यो निर्णयको जि ७ देशहरूको समूहले आलोचना मात्रै गरेको छैन, निर्णयमा पुनः विचार गर्न भनेको छ ।

गहुँको मूल्य ६० प्रतिशत बराबरले बढेको छ । रुस र युक्रेन दुबै गहुँका ठूला निर्यातकर्ता हुन् र फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि गहुँको विश्वव्यापी मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य ६० प्रतिशतले बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार