जनतमको हिसावले एमाले नै देशको ठूलो पार्टी हो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले पनि जनतमको हिसावले नेकपा एमाले नै देशको ठूलो पार्टी भएको दाबी गरेका छन्।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले यस्तो बताएका हुन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन राजनीतिमा मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोतन्त्रका पक्षधरह एकजुट हुन आवश्यक रहेको बताए।

पोखरेलले भने, ‘यतिबेला तत्कालीन राजनीतिमा देखा परेको मुलुकलाई प्रतिगामी दिशातिर लैजान लागि परेको गठबन्धनको बिरुद्धमा सम्पूर्ण लोतन्त्रका पक्षधर संविधान र कानूनको पालना गर्नुपर्छ भनेर प्रतिवद्धता व्यक्त गरिरहेका जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता छ। हामी संख्याको हिसावले केही तलवितल हुनसक्ला तर जनमतको हिसाबले माथि नै छौँ। एमालेको पक्षको जनमत पूर्व, पश्चिम, उत्तर, दक्षिणमा एमालेकै बढी जनमत छ। हामी त्यही जनमतको बलमा यो गठबन्धनकारीहरुले गरेका तमाम अपराधजन्य कुराहरुको सामना गर्नेछौँ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार