नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २० रुपैयाँले बढेर एक हजार २६० मूल्य कायम भएको महासंघले जनाएको छ ।