गुल्मीको मुसिकोटमा एमाले विजयी

गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित एमालेका खरेलले ७ हजार ३९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए ।

७ हजार ११ मत ल्याएर श्रेष्ठले उपमेयर जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत सामाजवादीका श्रीराम महतले ६ हजार ३२३ मत ल्याए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार