धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले

सुनसरीको धरान उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदका उमेदवार कांग्रेसका किशोर राईले अग्रता लिइरहेका छन् । उनले ५ हजार १७४ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार हर्क साम्पाङले ४ हजार ५७४ मत ल्याएका छन् । यसैगरी, एमालेकी मञ्जु भण्डारीले ४ हजार ५१४ मत प्राप्त गरेकी छिन् ।

उप–प्रमुखमा गठबन्धनका उमेदवार ऐन्द्रविक्रम बेघा ५ हजार ८४९ मत प्राप्त गरी अगाडि छन् भने एमालेका पदम इस्वोले ५ हजार ५११ मत पाएका छन् ।

धरानको वडा १, २, ३, ४ र ७ को मतगणना सकिएको छ । अहिले वडा ५, ६, ८ र ९ मतगणना भइरहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार