स्याङजाको विरुवा गाउँपलिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याएर विजयी बन्दा काँग्रेसका डोलराज पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकै भगवती शर्मा माओवादी केन्द्रका थमनबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै विजयी भइन् । शर्माले ४ हजार ९ सय ३७ मत प्राप्त गरेकी छन् भने गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् ।