नबिल र एनबि बैंक मर्जर रोक्न परेको रिट कामु प्रधानन्यायाधीशसहितको इजलासमा

सर्वोच्च अदलातमा नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।

दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास डाकिएको छ । यसअघि एकल इजलासले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर आदेश दिएको थियो ।यसअघि गत बिहीबार सर्वोच्चले नेपाल बंगलादेश (एनबी) बैंकलाई एक्विजेशन प्रक्रिया अगाडि नबढाउन अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतका न्यायधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले दिएको हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

आजको् इजलासले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जर तुहिने छ। नदिएमा प्रकृया अगाडि बढ्ने छ।

एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत सेयर छ। यो सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भइसकेको छ।

रिट निवेदकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्स्चेन्ज लि , सिडिएस एण्ड क्लियरिङ लि , नेपाल राष्ट्र बैंक , नेपाल बंगलादेश बैंक लि , नेपाल बंगलादेश बैंक लिका संचालक समिति , नविल बैंक लि र नविल बैंक लिका संचालक समिति विरुद्द रिट दायर छन् । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार