मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–५ नयनचोकमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् ।

बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी पौने ९ बजे विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार