विश्वको चर्चित गाडी उत्पादक कम्पनी हुन्डाईको भेन्यु फेसलिफ्ट पनि जुनको अन्त्यमा लन्च हुँदैछ । हुन्डाइले भेन्युको अर्को मोडल भेन्यु फेसलिफ्ट सार्वजनिक हुने भएको हो ।
४० लाख रुपैयाँको रेन्जमा रहेको भेन्यु नेपालमा धेरैको रोजाइमा पर्ने गाडी हो । भेन्युको पहिलाको फिचरहरुमा केही परिवर्तन गर्दै हुन्डाइले कम्प्याक्ट एसयूभीमा यो गाडी ल्याउन लागेको हो । यस गाडीमा हुन्डाईको प्यारामेट्रिक ग्रिल र नयाँ स्प्लिट–एलईडी हेडलाइटहरू, रिप्रोफाइल फ्रन्ट र रियर बम्परहरू र आयोनिक ५ बाट प्रेरित एलईडी ग्राफिक्ससहितको नयाँ टेल–लाइटहरू समावेश हुनेछन्।
अधिकांश भागको लागि डिजाइन र सुविधाहरूको सूची हालको मोडेल जस्तै हुनेछ । यसको मूल्य अहिले चलेको भेन्यु मोडलको भन्दा प्रिमियम हुने कम्पनीले जनाएको छ ।
डिजेल र पेट्रोलमा उपलब्ध यो गाडी ४ भेरियन्टमा उपलब्ध हुनेछ । साथै, ३ वटा ट्रास्मिसन अप्सनहरु म्यानुअल, क्लचलेस म्यानुअल र अटोमेटिक छन् ।