भरतपुरमा रेनुको अग्रता कायमै, पछ्याउँदै सुवेदी

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम नै राखेकी छिन् ।

पछिल्लो अपडेटमा उनी ५९ मतले अगाडि देखिएकी छन्। १७८४६ मत गणना सकिँदा रेनुले ५९४७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५८८८ मत ल्याएका छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले २९०५ मत पाएका छन्।उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ७२५७ मत पाएका छन् । मतगणना जारी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार