गठबन्धन टुट्न सक्ने माधव नेपालको संकेत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन टुट्न सक्ने संकेत गरेका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन र चुनावी परिणामको बारेमा समीक्षा गर्नुपर्ने भएको बताए । नेपालले चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको गुनासाहरु आइरहेको भन्दै त्यसको पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

स्थानीय चुनावबाट अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने उनको भनाइ छ । नेपालले अहिलेसम्म एक सय जति ठाउँमा वडाध्यक्ष जितेको र १५–२० ठाउँमा पालिका जित्ने अनुमान रहेको भन्दै गठबन्धनबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार