काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो अग्रतात कायमै राखेका छन् । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार शाहले १० हजार मत कटाएका छन् । उनले हालसम्म १० हजार २४१ मत पाएका छन् ।
शाहलाई नेकपा एमालेका केशव स्थापितले ५ हजार ४५३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत पाएर एमालेलाई पछ्याइरहेकी छन्।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्। मतगणना जारी छ ।