तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान तीन हजार ९४० मत र उपाध्यक्षमा दुर्गा अर्यालले दुई हजार ८४८ मत ल्याएर विजयी भएका छन् ।
उनीहरूका प्रतिस्पर्धी अध्यक्षमा नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत र उपाध्यक्षमा पवित्रा गौलीले २ हजार १८३ मत प्राप्त गरेकी छन् ।
६ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (एमाले)ले एउटा वडा जितेको छ ।