धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो अग्रता

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १४ हजार ७ सय ३६ गणना भएको छ। जसमा हमालले ६ हजार ५ सय ९६ मत पाएका छन् ।

यस्तै सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३ सय ५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६ सय ७४ मत पाएका छन् ।

हमाल र वडबीच ३ हजार २४२ मतको अन्तर रहेको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९ सय ४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार