कीर्तिपुरको नगर प्रमुखमा नकर्मी र उपप्रमुखमा शाक्य विजयी

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।

यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार