गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेले यसपटक वडामा सदस्यसमेत जित्न सकेन । मालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार सबै वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित माओवादीका अर्यालले ६ हजार १७६ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका रीतबहादुर थापा ४ हजार ६१७ मतमा रोकिए ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका अर्यालले ६ हजार ३३४ मत ल्याए भने अर्यालयको निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनले ४ हजार ६९२ मत पाएकी छन् ।