काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ९ हजार ६ सय ५ मतसहित अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ४ मत ल्याएका छन् । बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् ।
तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छन् ।