ताप्लेजुङको आठराई त्रिवेणीमा गठबन्धलाई हराउँदै एमाले विजयी

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एमालेले जित हासिल गरेको छ ।

गठबन्धनका तर्फबाट काँग्रेसका प्रतिद्वन्द्वी विश्वनाथ सिटौलालाई हराउँदै एमालेका दिपेन पोमुले ३ हजार ३६ मत प्राप्त गर्दै प्रमुख पदमा जित हासिल गरेका हुन् । सिटौलाले भने २ हजार ५२६ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुख पदमा पनि एमालेकै शान्ता आङ्बुहाङले २ हजार ८१९ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । आङ्बुहाङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रजिन हाङ्बाङलाई पछि पार्दै जित हासिल गरेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार