भक्तपुरका तीन नगरपालिकाको प्रमुखमा कांग्रेस अगाडि, महेश बस्नेतको क्षेत्रमा पनि एमालेलाई धक्का

भक्तपुरको मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण गरी तीन नगरपालिकाको मेयरमा कांग्रेस अग्रस्थानमा रहेको छ । सोमबार साँझसम्म मध्यपुर थिमीमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ ९०८८ मतका साथ अग्रस्थानमा छन् । श्रेष्ठलाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मदनसुन्दर (जगुलु) श्रेष्ठले ६२७२ मत ल्याएका छन् ।

मध्यपुर थिमि एमालेका नेता महेश बस्नेतको क्षेत्र हो एमालेका नेता महेश बस्नेतको क्षेत्र हो

सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेल ४३२८ मतका साथ अग्रस्थानमा छन् । ढुंगेललाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वासुदेव थापाले ३८१० मत ल्याएका छन् ।

चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार जीवन खत्री ४७१६ मतका साथ अग्रस्थानमा छन् । खत्रीलाई पछ्याइरहेकी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की विना बास्तोलाले ४२६३ मत ल्याएकी छन् । जिल्लाको अर्को भक्तपुर नगरपालिकामा भने नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरिसकेको छ ।

सम्बन्धित समाचार