ललितपुर २ मा एकीकृत समाजवादी विजयी

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एसका राजेश महर्जन निर्वाचित भएका छन् । महर्जनले १ हजार ८३० मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी एमालेका पुरुषोत्तम थापा मगरले ६०४ मत ल्याएका छन्।

ललितपुर महानगरमा हालसम्म दुईवटा वडाको अन्तिम मतपरिणाम आइसकेको छ त्यसमध्ये वडा नम्बर १ मा स्वतन्त्रतर्फका अध्यक्ष निर्वाचित भएका छन् । महानगरको ३ र ४ को मतगणना जारी रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार