सुनापती गाउँपालिका वडा नम्बर–२ मा माओवादी केन्द्र विजयी

रामेछापको सुनापती गाउँपालिका वडा नम्बर–२ मा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । सुनापती–२ दिमिपोखरीको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पदमबहादुर थापा निर्वाचित भएका हुन् । वडा अध्यक्षमा विजयी भएका थापाले १ हजार ७१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वेनबहादुर थापामगरले ९ सय ८२ मत ल्याएका छन् । सो वडामा नेकपा एमोलका उम्मेदवार पदमबहादुर थापामगर ११२ मतमा सिमित भएका छन् ।

वडा नम्बर–२ बाट माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उम्मेदवार ठुलोकान्छा तामाङले ९६३ मत पाएका छन् । माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार गीता विष्टले १ हजार ४९ मत हाँसिल गरेकी छन् । नेपाली काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार कमान खड्काले सो वडाबाट ७८६ मत हाँसिल गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार