बालेन साहको हार–जीतमा खसी बाजी राख्ने दुई पक्राउ

बालेन्द्र साहको जीत÷हारमा खसीको बाजी गर्ने खोटाङका दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विजय फुयाल र रमेश खड्का जेठ २ गते दिउसो पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका बालेन्द्र साहले चुनाव जिते वा हारे २८ किलोको खसीको लिखित गरेरै बाजी राखेका थिए । यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताएका छन् ।

उनीहरुलाई पक्राउपछि अनुसन्धान थालिएको डिएसपी लम्सालको भनाइ छ । यसअघि फुयाल र खड्काले बाजी ठोकेको लिखित कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो । कागजअनुसार बालेनले चुनाव जितेको खण्डमा रमेशले विजयलाई २८ किलोको खसी दिनेछन् । बालेनले चुनाव हारेमा विजयले २८ किलोको खसी बराबरको रकम भुक्तानी गर्ने कागजमा उल्लेख गरिएको छ । तीनजनाको रोहबरमा भएको भनिएको कागजमा दुवै बाजीकर्ताले औठाछाप र सही गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार