१२ हजार ९७ मत गन्दा पोखरा महानगरको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब ५०० मतको अग्रता लिएका छन् ।
नेकपा एकीकृत समाजवादीका आचार्यले ४ हजार ८४८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४ हजार ३५२ मत पाएका छन् ।
यस्तै, उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी कोपिला रानाभाट ४ हजार ९९३ मत पाएकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले ४ हजार ९३८ पाएकी छन् ।