एमाले उम्मेदवारले एक मतले जितेपछि कांग्रेसले गर्‍यो चक्काजाम

 

सर्लाहीको हरिवन नगरपालिकामा कांग्रेसका कार्यकर्ताहरूले चक्काजाम गरेका छन् ।हरिवन नगरपालिका ७ मा पुन:  मतगणनाको माग राख्दै उनीहरुले पूर्व पश्चिम राजमार्गमा चक्काजाम सुरु गरेका हुन्।

कांग्रेसी कार्यकर्ताहरूले पूर्व पश्चिम राजमार्गमा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेका हुन्। कांग्रेस जिल्ला सचिव निरज कार्की नेतृत्वमा कांग्रेसी कार्यकर्ताले राजमार्ग अवरोध गरिरहेका छन्।

नगरपालिकाको वडा नं.७ को वडाध्यक्षमा कांग्रेसका प्रत्यासी अशोक थापा नेकपा एमालेका प्रत्यासी निरध्वज कार्कीसँग १ भोटले पराजित भएपछि कांग्रेसले पुन मतगणनाको माग गरेका थिए ।

कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगामुढा गरेका छन्। ढुंगामुढाले ईलाका प्रशासन कार्यालयको झ्यालका सिसा फुटेका छन्।

सुरक्षाकर्मीले ढुंगामुढा गर्ने कांग्रेसलाई धपाउन २ सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार