सभामुख अग्नि सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

 

सभामुख अग्नि सापकोटाले मंगलबार दिउँसो प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि (मंगलबार) शुरु हुने प्रतिनिधि सभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

दिउसो साढे २ बजे संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ ।

समितिमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागी हुनेछन्। समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ ।

गत बैशाख २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी थिइन । सरकारले बजेट अधिवेशनलाई भन्दै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार