जारी स्थानीय तहको निर्वाचनमा दाजुभाइ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ज्ञानेन्द्र रुम्दाली र जीतेन्द्र रुम्दालीले धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
ज्ञानेन्द्र र जीतेन्द्र दुई फरक जिल्लाको फरक–फरक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । जीतेन्द्र र ज्ञानेन्द्र आफ्नै दाजुभाइ हुन् ।
भाइ ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् भनेगठबन्धनको तर्फबाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका दाजु जीतेन्द्र गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा ज्ञानेन्द्र रुम्दाली ५ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत पाएका छन् ।
गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेका हुन् ।